कोरोना भाइरस जाँच गर्ने चिनियाँ कीट ८० प्रतिशत नक्कली

समाचार

3/26/2020

काठमाडौं, १३ चैत । चीनले चेक गणतन्त्रलाई अनुदानमा दिएको कोरोना भाइरस जाँच गर्ने कीट ८० प्रतिशत नक्कली पाइएको हो ।

त्यहाँको स्थानीय संचारमाध्यमले जनाएअनुसार चीनले पठाएको ८० प्रतिशत नक्कली भेटिएको हो ।

चीनबाट प्राप्त डेढ लाख कीटमध्ये ८० प्रतिशत काम नलाग्ने एवम् सहि तथ्य नदिने खालको पाइएको त्यहाँको स्थानीय संचारमाध्यमहरुले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

चेक गणतन्त्रले एक लाख किटका लागि पाँच लाख ४६ हजार अमेरिकी डलर तिरेको चेक स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय स्वास्थ्यकर्मीहरुले चीनबाट ल्याएका उक्त किटमध्ये ८० प्रतिशत नक्कली भएको फेला पारेका हुन् । त्यस्ता किटले कोरोनाको गलत विवरण दिने गरेको पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ