कोरोना रोकथामका विषयमा छलफल

समाचार

3/29/2020

वीरगञ्ज, १७ चैत । नेपाली सेनाले मधेशका तीन जिल्लाका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुसँग कोरोना रोकथामको विषयमा छलफल गरेको छ ।

बाराको परवानीपुरस्थित नेपाली सेनाको २२ नम्बर बाहिनीले बारा, पर्सा र रौतहट जिल्लाका सुरक्षा प्रमुख, सेनाका अधिकारी एवं स्थानीय निकायका प्रमुख तथा सरकारी अस्पतालका प्रमुख तथा प्रतिनिधिसँग कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भारतलगायत अन्य मुलुकबाट नेपाल आएकाको पहिचान तथा सुरक्षित व्यवस्थापनका विषयमा छलफल गरेको हो ।

बैठकमा कोभिड–१९ को संक्रमणका वर्तमान अवस्था, आउन सक्ने चुनौती, समाधानका उपाय र सरोकारवालाका जिम्मेवारीको बारेमा छलफल भएको बैठकमा सहभागी अधिकारीहरुले बताएका छन् ।

बैठकमा कोभिड–१९ संक्रमणको वर्तमान अवस्था तथा सम्भावित चुनौतिको बारेमा नेपाली सेनाका बाहिनीपति अनुप जंग थापाले जानकारी गराएका थिए ।

संक्रमणको चेन ब्रेक गर्न गर्न भारत तथा तेस्रो मुलुकबाट आएका शंकास्पद व्यक्तिको पहिचान गरी क्वारेनटाइनमा व्यवस्थापन गर्नुका सथै रोगको लक्षण देखिएमा उपचार थालिहाल्नुपर्नेमा अधिकारीहरुले जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ