कोरोना रोकथामका विषयमा नेपाल–भारत परराष्ट्रमन्त्रीबीच संवाद

समाचार

3/21/2020

काठमाडौं, ८ चैत । कोरोना भाइरस संक्रमण रोक्न भारतसँग खुला सीमा बन्द नहुँदा दक्षिणी सीमबाट नेपालमा सो रोग प्रवेश गरी संक्रमण फैलिन सक्ने व्यापक त्रास भइरहेका बेला दुई देशका परराष्ट्र मन्त्रीबीच छलफल भएको छ।

सो छलफलमा भने सीमामा निगरानी प्रभावकारी बनाउनेबारे मात्र छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस. जयशंकरबीच भएको टेलिफोन संवादमा सीमा बन्द नगरी सीमामा निगरानी बढाउने विषयमा छलफल भएको हो ।

दुवै मन्त्रीले भाइरसको संक्रमण फैलिन नदिन स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाउन जोड दिएका छन् ।

‘दुवै मन्त्रीद्वारा वस्तु तथा औषधिको दुवै देशतर्फ सहज आपूर्तिलाई कायम राख्न जोड दिइएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ सँग सम्बन्धित खतरा र संवेदनशिलतालाई न्यून गर्नका लागि सीमामा प्रभावकारी निगरानी गर्नेबारे छलफल भएको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ