कोरोना रोकथाममा सहयोगी भूमिका खेलेको भन्दै साहलाई प्रमाणपत्र प्रदान

समाचार

6/8/2020

काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीका युवा नेता तथा महिला अधिकारकर्मी सुनिता साहलाई दयालुताको प्रमाणपत्र (सर्टिफिकेट अफ काइन्डनेस) प्रदान गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथामा सहयोगी भुमिका खेलेको वल्र्ड रेकर्ड बियानेल फाउन्डेशनले साहलाई दयालुताको प्रमाणपत्र प्रदान गरेको हो ।

साहलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा देखाएको दया ,भावनाको मुल्यांकन गर्दै उक्त प्रमाणपत्र प्रदान गरिएको हो ।

केही निश्चित मापदण्ड तयार गरि यस प्रक्रियामा सहभागी हुने व्यवस्था आयोजकले गरेको थियो । उक्त सुचकहरु पार गर्दै उनले अनलाइन मार्फत सहभागिता जनाएकी थिइन । विश्वका करीव चालीस हजार सहभागीले यस प्रकृयामा भाग लिएका थिए ।

सुनिताले भनिन्, 'विश्व रेकर्ड बियानेल फाउन्डेशन संस्थाले मलाई सम्मान गरेकोमा हृदयदेखि आभार तथा धन्यवाद दिन चाहन्छु

 
Image may contain: 1 person
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ