काठमाडौं, १५ चैत । कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि भारतले नेपालमा टोली पठाउने भएको छ ।
भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।
भारतीय पत्रिका द हिन्दुका अनुसार कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारतले ¥यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन लागेको हो ।
छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने महानिर्देशक बेनर्जीले बताए ।
तपाईको प्रतिक्रिया