कोरोना संक्रमणपछि मधेश भवन सुनसान

समाचार

8/7/2020

जनकपुरधाम, २३ साउन । प्रदेश मन्त्री र कर्मचारीहरुमा कोरोना संक्रमण भएपछि प्रदेश २ का मन्त्रालयहरु सुनसान बनेका छन् । कर्मचारीहरु कार्यालय आउन छाडेका छन् भने मन्त्रालय र मन्त्रीहरुको निवास रहेको मधेश भवनमा प्रवेश निषेध गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीसहित ८ कर्मचारी, सामाजिक विकास मन्त्रालयका ३ कर्मचारी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

मधेस भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन् ।

मधेश भवनभित्र सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छन् ।

यस्तै मुख्यमन्त्री, मन्त्रीहरु र सचिवहरुको निवास पनि भित्रै छ । मुख्य न्यायधिवक्ता र नीति आयोगको कार्यालय पनि सोही भवनमा छ ।

बिहीबार र शुक्रबार कुनै पनि मन्त्री र राज्यमन्त्री कार्यालउ गएका छैनन भने अधिकांश कर्मचारी पनि उपस्थित छैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ