मोरङ, २४ साउन । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ दरैयाबाट एपीएफ टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम दुई सय २० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही महानगरपालिका १७ बस्ने ५५ बर्षिय शेमपेन गुप्ता छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले उल्लेखित सुनसहित पक्राउ गरेको हो ।
साईकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागि एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित सुन फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला निज गुप्ताको साथबाट पाँच हजार रुपैयाँ र एउटा मोबाईल सेट समेत बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया