होली मनाउने क्रममा विवाद हुँदा ४ घाइते

समाचार

3/12/2020

वीरगञ्ज, २९ फागुन । पर्सामा होली मनाउने क्रममा विवाद हुँदा चार जना घाइते भएका छन् । पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ पोखरियामा दुई पक्षबीच भएको झडपमा चार जना घाइते भएका छन् ।

झडपमा परी घाइते हुनेमा राजेश चौहान, कमलेश राउत कमकर, गायत्रीदेवी कमकर र अस्मितादेवी रहेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहका अनुसार, होली मनाउने क्रममा बाजउने बाजा (डिजे) गाउँमा घुमाएर बजाउने क्रममा विवाद भई दुई पक्षबीच झडप भएको थियो । उक्त झडपमा चार जना घाइते भएका थिए जसमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

टाउकोमा १६ वटा टाका लगाएर उपचारत घाइते राजेशको अवस्था गम्भीर रहेको छ भने उनको उपचार वीरगञ्जको तराई अस्पतालमा भइरहेको छ । राजेशको पोखरिया अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज ल्याई तराई अस्गतालमा उपचार सुरु गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ