दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै

समाचार

3/10/2020

रौतहट, २७ फागुन । चन्द्रपुर नगरपालिका वडा–५ स्थित अम्बिका आधारभुत विद्यालयमा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यालयमै निःशुल्क खाजा कार्यक्रम संचालन गरिएको छ ।

यो कार्यक्रमले विद्यार्थी र शिक्षक नियमित विद्यालय उपस्थित हुने गरेके पाइएको छ । शुक्रबारसमेत सातामा ६ दिन विद्यालयमै खाजा बनाएर खुवाउने गरिएको हो । प्रधानाध्यापक मुरारी चालिसेका अनुसार दैनिक फरकफरक शिक्षकलाई खाजा व्यवस्थापनका लागि संयोजक तोकिएको छ ।

खाजाका लागि शिक्षक र कर्मचारीले सहयोग गर्दै आएका छन् । दिवा खाजा कार्यक्रम यतिबेला प्रभावकारी बनिरहेको छ । यसका लागि नगरपालिकाले बजेट व्यवस्थापनमा सहयोग गरेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ