उच्छृङ्खल कार्य गर्ने पक्राउ

समाचार

3/12/2020

धनगढी, २९ फागुन । कैलाली प्रहरीले होलीको बेला उच्छृङ्खल कार्य गर्ने १४१ जनालाई पक्राउ गरेर कारबाही गरेको छ । मादक पदार्थ खाएर ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने र होहल्ला गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।

पक्राउ परेका मध्ये १९ जनालाई मङ्गलबार नै छोडेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ । ४२ जनालाई अझै नियन्त्रणमा राखेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

“पक्राउ पर्नेमध्ये सबैभन्दा बढी मादक पदार्थ खाएर सवारीसाधन चलाउने व्यक्ति थिए”, उनले भने । एउटा मोटरसाइकलमा तीन जना बसेका, हेल्मेट नलगाई मोटरसाइकल चलाएका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मादक पदार्थ नखाएकालाई मङ्गलबार नै सम्झाइबुझाइ गरी छोडेको जनाइएको छ । मादक पदार्थ खाएकालाइृ भने सवारी साभन सहित नियन्त्रणमा राखेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

मादक पदार्थ खाएका र नियम विपरीत सवारी साधन चलाउनेलाई जरिवाना गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मादक पदार्थ सेवन गर्नेलाई प्रशासनले र ट्राफिक प्रहरी कार्यालयले जरिवाना गर्ने बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ