कैलालीमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

3/7/2020

कैलाली, २४ फागुन । गौरीगंगा नगरपालिका–६ बनबेहडास्थित सडकमा ना.४ ख ४९४४ नम्बरको बस र से.५ प ६९९४ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ लठैया बस्ने अन्दाजी ३० वर्षीय बिजय लामाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ