कैलालीमा भारतीय भूमिबाट साढे ८ सय नेपालीको उद्धार

समाचार

5/21/2020

कैलाली, ८ जेठ । लामो समय सीमा क्षेत्रको भारतीय भूमिमा रोकिएका नेपालीलाई बुधबार स्वास्थ्य परीक्षण नगरी स्वदेश फर्किन दिइएको छ । भारतका विभिन्न क्षेत्रबाट आएका ८ सय ५८ नेपालीलाई उद्धार गरिएको हो ।

भारतको मुम्बई, दिल्ली, राजस्थान, हरियाणा, मुरादावादलगायतका स्थानबाट बस रिजर्भ गरेर आएका उनीहरु गौरीफन्टा नाकामा अलपत्र परेका थिए ।

जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरुलाई उद्धार गरेर सम्बन्धित स्थानीय तह पठाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ