कुस्ती खिलाडी हत्याको ९ वर्ष पुग्यो, दिइएन कुनै राहत, पीडामा परिवार

समाचार

7/7/2020

रौतहट, २३ असार । राष्ट्रिय कुस्ती खिलाडी उपेन्द्र दास बैरागीको हत्या भएको ९ वर्ष पुगे पनि पीडित परिवारले कहीं कतैबाट कुनै किसिमको राहत पाएको छैन । राष्ट्रको गौरवका लागि अहम् योगदान पुर्याएका खिलाडी बैरागीको नेपाल सरकारले शहीद घोषणा समेत गरेन ।

२०६८ साल असार २३ गते राति ८ बजेर ३० मिनेटको समयमा गौर नगरपालिका वडा नम्बर ८ कर्मचारी मिलन केन्द्र नजिक रहेका राम मंदिर अगाडी अज्ञात हतियारधारी समूह बैरागीलाई गोली हनेर फरार भएपछि उचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएका थियो ।

रौतहटको तत्कालीन गा वि स प्रेमपुर गोनाही वडा नम्बर ७ स्थायी घर भएका बैरागीले गौर नगरपालिकामा बस्दै आएको बेला हत्या गरिएको थियो ।

हत्यापछि घटनाको गहिरो रुपमा सरकारले अनुसन्धान छानविन समेत नगराएको र अहिलेसम्म पीडि़त परिवारलाइ एक सुकै राहत दिन सकेको छ । मृतकका पत्नी रामकुमारी देवीले सरकारले शहीद घोषणा समेत नगरेको र राहत पनि नदिएको दुखेसो पोखेकी छिन् ।

आर्थिक अवस्था कमजोर भएकोका छोरालाई राम्रो शिक्षा दिन नसकेको पीड़ा सुनाउँदै शहीद घोषणा र क्षतिपूर्तिका लागि सरकारका मातहतका सबै निकायमा गुहार लगाउँदा लगाउँदै थाकी सकेर घरमा बसेको सुनाए ।

बैरागीका दुइ छोरा रामाशंकर राय यादव र प्रेम शंकर राय यादव रहेका छन् । जेठो छोरा शिक्षा संकायमा स्नातक दुइ वर्ष अध्ययन गरी आर्थिक समस्याको कारण अन्तिम वर्षको अध्ययन पूरा गर्न सकेको छैन भने कान्छा छोरा प्रेम शंकर यादव प्रवीणता प्रमाण पत्र तह उत्तीर्ण गरेको छ ।

पीडित महिलाले श्रीमानको योगदानलाई सरकारले कुनै कदर नगरेको आलोचना समेत गरिन् । संचारकर्मीसित कÞुरा गर्दै आँखाभरि आँसु झार्दै पारिवारिक समस्या गंभीर भएको सुनाइन् ।

शहीद घोषणाका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको अध्यक्षतामा २०६८ साल आसोज ६ गतेका दिन बसेको जिल्ला सुरक्षा समितिको बठैकले कुस्ती खेलमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आठौ दक्षिण एसियाली सार्क स्तरीय खेलमा नेपालका लागि कास्य पदक जितेका बैरागीलाइ शहीद घोषणा गरी परिवारलाई राहत दिनका लागि सर्वपक्षीय बैठकबाट निर्णय गरी सिफारिश समेत गरेको छ ।

शहीद घोषणाको सम्पूर्ण कागजात लिएर मंत्रालय जादा कर्मचारीहरुले कुनै वास्ता नगेरको गुनासो सुनाउदै मृतकका पत्नी रामकुमारी देवी शहीद घोषणा गराउन तथा राहतको लागि पहल गरी दवाव सृजना गरी दिन संचारकर्मीलाइ आग्रह गर्नि ।

उनले भनिन परिवारको पालनपोषण गर्न धौधौ परेको छ । कोही सहयोग गर्न अगाडी आएको छैन । खेलकूद मंत्रालयले समेत केहि सहयोग नगरेको बताइन् ।

राष्ट्रिय खेलकूद परिषद्ले नेपाल कुस्ती संघको तदर्थ समितिको उपाध्यक्ष पदमा २०६७।१०।०५ मा मनोनीत भएका बैरागीले सन १९९९ मा नेपालमा आयोजना गरिएको आठौ दक्षिण एसियाली महासंघीय खेलकूदमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरवमय कीर्तिमान कायम गर्दै कास्य पदक जितेकोमा तत्कालीन नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाले २०५६ साल आसोज १९ मा सम्मान पत्रबाट सम्मानित गरिएको व्यक्तिलाई राष्ट्रले शहीदको सम्मान दिन नसक्नु दुर्भाग्य भएको टिप्पणी गरिन् ।

राष्ट्रको गौरव बढाउन भूमिका निर्वाह गरेको बैरागीको हत्यारालाइ पत्ता लगाउन नसकिनु र शहीद घोषणा गर्न नसकिनु राष्ट्रको निरीहता रहेको आक्रोश पोखिन् ।

श्रीमान गुमाएका र बूबा गुमाएका श्रीमती छोराको पीड़ा व्याख्या गर्न नसकिने भन्दै शहीद घोषणा गर्नु पर्ने माग संघीय सरकार र प्रदेश सरकारसित गरिन् । शहीद घोषणाको सवै प्रकिया पूरा भएपनि नेपाल सरकारले घोषणा गर्न सकेको छैन ।

२०६८।४।१७ मा अर्थ मंत्रालयका उपसचिव लेख बहादुर कार्कीले जिल्ला प्रशासन कार्यालय रौतहटबात पत्र लेखेर शहीद घोषणा गर्न तथा मृतक परिवारलाइ आर्थिक राहत उपलब्ध गराउनको लागि जिल्ला प्रसाशन कार्यालयको सिफारिस, जिल्ला सुरक्षा समितिको निर्णय, हकबालाको निवेदन पत्र, प्रहरी मुचुल्का र पोस्टमार्टम रिपोर्ट समेत मगाई रद्दीको टोककरीमा फालेको आरोप पीडि़तको रहेको छ ।

युवा तथा खेलकूद मंत्रालयको मिति २०७१।११।२८ गतेको मंत्री स्तरीयबाट नेपालको खेलकूद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै आश्रित परिवारलाइ भरणपोषण तथा खेलको क्षेत्रमा निजले पुर्याएको योगदानको उच्च कदर गर्दै १० लाख राहत स्वरुप उपलब्ध गराउने निर्णय भएकोले अर्थ मंत्रालय सित २०७२।०१।९ मा सहमति माग्दा नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्वन्धी कार्यविधि २०६६ बमोजिम प्रक्रिया पूरा गरी लेखी पठाउने २०७२।०१।२१ गतेमा निर्णय भएको व्यहोरा सहितको अनुरोध पत्र अर्थ मंत्रालयले युवा तथा खेलकूद मंत्रालयमा पठाएको ५ वर्ष पूरा भएपनि कार्यान्वयन हुन सकेको छैन ।

नेपाल सरकार तथा मातहतका मंत्रालयहरुको गतिविधि हेर्दा मधेशी समुदायको भएको कारण शहीद घोषणा तथा राहत उपलब्ध गराउनु पर्ने कार्य ओझेलमा पार्ने कार्य भएको पुस्टि भैरहेको छ ।

राष्ट्रको गौरवको लागि उच्च योगदान गरेको व्यक्तिलाइ शहीद घोषणा गर्न आल टाल गर्ने सरकार पार्टीका कार्यकर्त्ता मारिएमा तुरुन्तै शहीद घोषणा गर्ने बताउँदै ९ वर्ष हत्या भएको श्रीमानलाइ सरकारले सम्मान दिन नसकेको तीखो आलोचना गरे ।

माइती गाउँका नजिककै नातेदार रहेका प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले विगत ४ वर्ष देखि शहीद घोषणा गराई क्षतिपूर्ति दिलाई दिने आश्वासन समेत दिदै आए पनि केहि सहयोग दिलाउन नसकेको टिपण्णी गरे ।

नेपाल संघीय लोकतान्त्रिक गणतंत्रमा गई मुलुकमा तीन तहका सरकारको विद्यमानता रहेको अवस्थामा एउटा सम्मानित खिलाड़ीको परिवारलाइ राहत, रोजगारी शिक्षा दीक्षामा सहयोग दिन नसकेकोले राज्य प्रतिको विश्वास हराउदै गएको उल्लेख गर्दै राम कुमारी देवीले देशको लागि गरेर देखाउनेको हत्या हुँदा पनि अपराधी पता लगाउन असक्षम रहेको जिकिर गरिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ