काठमाडौं, १६ पुस । विगत एक सातादेखि भुक्तानी माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलनका उखु किसानको पीडामा सरकारको संवेदनशीलबारे साझा पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले प्रश्न उठाएका छन् ।
प्रवक्ता डा आचार्यले बुधबार सामाजिक सञ्जालबाट यस्तो प्रश्न उठाएका हुन् । उनले उखु किसानले पाउन बाँकी रकम चिनी मिल मालिकबाट सोधभर्ना गर्ने गरी सरकारले तुरून्त भुक्तानी गर्नुपर्ने माग गरेका छन् ।
’क्रान्तिकारी’ सरकारको क्याबिनेटले गर्नु पर्ने निर्णय यस्तो हो’ उनले भनेका छन्, ‘वृद्ध किसानको पीडामा सरकारको संवेदनशीलता खोई ?’
‘यो सरकार निमुख जनताका लागि पनि हो कि आसेपासे पोस्नका लागि मात्र हो ? आम जनताले यी प्रश्नको जवाफ खोज्दैछन् ।’
तपाईको प्रतिक्रिया