काठमाडौं, २३ मंसिर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट कोहलपुर त्रिभुवन माविक कक्षा ७ मा पढ्ने एक बालिक गम्भीर घाइते भएपछि कोहलपुरमा तनाव बढ्यो ।
सो क्रममा उत्पन्न परिस्थितिमा सुरक्षाकर्मीको क्रूरताका कारण अवस्था तनावपूर्ण भएको थियो ।
प्रदर्शनकारीले ट्रकमा आगो लगाइदिए । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् ।
आक्रोशिक प्रदर्शनकारीले सडकमा रहेका गाडीमा समेत ढुंगा प्रहार गरेका थिए । प्रदर्शनमा ठूलो संख्यामा विद्यार्थीहरु सहभागी थिए ।
ट्रकको ठक्करबाट त्रिभुवन माविका कक्षा ७ मा पढ्ने एक बालिका गम्भीर घाइते भएकी थिइन् ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप भैरहेको थियो । घटनामा डिएसपी सहित एक दर्जन प्रहरी र त्यति नै संख्यामा प्रदर्शनकारी घाइते भएका छन् । दुर्घटनामा विद्यार्थी घाइते भएपछि ठूलो संख्यामा युवा, विद्यार्थीहरु नाराबाजी गर्दै कोहलपुरमा प्रदर्शन गरिरहेको छन् ।
ठक्कर दिने ट्रक जलाइएको छ भने प्रदर्शनका क्रममा सडकमा चलेको यातायात पनि तोडफोड गरिएको छ ।
प्रदर्शन नियन्त्रणमा दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्याँस हानेको थियो । प्रहरीको गोली लागी दुई विद्यार्थी गम्भीर घाइते छन् ।
तपाईको प्रतिक्रिया