काठमाडौं, १८ जेठ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले दिनहुँ मान्छे मरिरहेका छन् तर, यहाँ सत्तामा बसेकाहरु ठूलठूला भाषण गर्नै व्यस्त रहेको आरोप लगाएका छन् ।
संघीय संसदको आइतबारको बैठकमा आफ्नो मन्तव्य राख्दै नेता महतोले अहिलेको संवेदनशीलतालाई कुनै वास्ता नै नगरी बजेट ल्याइएको आरोप लगाउँदै बजेटको खिल्ली उडाएका छन् ।
उनले यहाँ कोही भोकै रहँदैन र भोकले कोही मर्दैन भन्ने कुरालाई हावादारी रहेको उनको तर्क थियो । यस्तो बजेटमाथि टिप्पणी गर्नुको पनि कुनै औचित्य नरहेको जिकिर गरे ।
उनले लामो लामो बजेट पढ्ने सरकारको अलिकति पनि नैतिकता नभएको आक्रोश पोखे । ‘सप्तरीमा एक जना दलित समुदायका मलर सदा खान नपाएर मरेको, जटही नाकामा एक युवकको ज्यान ज्यान गएको छ, यहाँ भाषण गरिरहेको छ ।’
यो सरकारले संघीयतालाई सखाप पार्ने काम गरिरहेको महतोको आरोप छ । ‘सारा बजेट केन्द्रमा राख्ने अनि संघीय बलियो हुन्छ ?’ उनले प्रश्न गरे ।
तपाईको प्रतिक्रिया