गाडीको टायर पड्कँदा एक जनाको मृत्यु

समाचार

4/29/2020

मोरङ, १८ बैशाख । विराटनगर महानगरपालिका-१३ गाडीको टायर पन्चर बनाउने क्रममा टायर पड्कँदा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदरको मृत्यु भएको छ ।

गाडीको पुरानो टायरमा हावा हालिरहेको अवस्थामा उक्त टायर पड्किएर टायरमा रहेको फलामको रिङले हैदरलाई चोट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ