गुणस्तरहीन खाद्यान्न वितरण गर्नेलाई कारबाही गर्न अध्यक्ष साहको माग

समाचार

4/20/2020

काठमाडौं, ८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राहतको नाममा गुणस्तरहीन खाद्यान्न सामग्री वितरण गर्नेलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्रीसमेत रहेका नेकपा प्रदेश अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुक पेजमार्फत कालोबजारी, महंगी एवं गुणस्तरहीन कामको अनुगमण तथा नियन्त्रण गर्ने निकाय नै त्यस्तो काम गरेपछि कानूनअनुसार कडा कारवाही गर्न माग गरेका हुन् ।

केही समयअघि कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले आफ्नै यादव कोल्ड स्टोरबाट सडेको दाल राहतको नाममा नगरका गरिब, मजदुर, किसान, तथा अतिविपन्न परिवारलाई वितरण गरेका थिए ।

२ बैशाखमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेडौडाले कलैया उपमहानगरपालिकाद्धारा बितरण गरिएको राहतको नमुना परिक्षण गर्दा दाल सडेको गुणस्तरहीन भएको पुष्टि गरिसकेको छ ।

गुण नियन्त्रण कार्यालय हेटौडाका सोमकान्त रिजालले कलैया उपमहानगरपालिकाद्धारा वितरण गरिएको दाल सरकारले तोकेको अनिवार्य गुणस्तर अनुरुपनपाईएको बताए । त्यहाँ वितरण गरिएको दालको नमुना परिक्षण गर्दा गुणस्तरहीन भएको उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र लकडाउनको कारण गरिब, मजदुर, किसान तथा अतिविपन्न परिवारलाई खाद्यान्नको समस्याका छ । सोही कारण कलैया उपमहानगरपालिकाले आफ्नो २७ वटा वडामा राहत वितरण गरेको थियो ।

‘समस्या समाधानका साथै कालोबजारी, महंगी एवं गुणस्तरहीन सामानको अनुगमण तथा नियन्त्रण गर्ने निकाय आफै अनियमितता गर्नु दुर्भाग्य हो’ साहले लेखेका छन्, ‘सडेको दालखरिद, बिक्री र वितरण गर्ने मुख्य व्यक्तीलाई कारवाही नगरी कारवाहीको नाम मा झारा टार्ने काम सम्बन्धित निकायले गर्नु दुखत छ ।’

सडेको दाल खरिद, बिक्री र वितरण गर्ने मुख्य दोषीलाई यथासिघ्र कारवाहीगर्न सरकारसंग मागगर्दै उनले कालोबजारी गर्नेलाई सरकारले यथासिघ्र कारवाही गरेर सुशासन र पारदर्शिता कायम गर्न आवाज उठाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बारा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सडेको दाल वितरणको बिषयमा धेरै कुरा गर्न नमिल्ने बताए । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाले प्रहरीसँग बुझ्दा नै राम्रो हुने उनले बताए ।

बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले यादव कोल्ड स्टोरमा दाल स्टोर गरेका बीरगंजका व्यापारी तेजकरण जैनलाई पक्राउ गरी अनुसन्धान भईरहेको बताए । अहिले प्रहरी अनुसन्धानमै रहेको बताउँदै उनले सरोकारवाला अन्य व्यक्तिहरुसँग समेत ब्यान लिने काम भइरहेको बताए ।

कलैया उपमहानगरपालिका स्रोतका अनुसार मेयर यादवले आफ्नै कोल्ड स्टोरबाट दाल वितरण गराउँदै त्यसको हिसावकिताव पछि मिलाउने योजना बनाएका थिए । र सोही योजनाअनुसार आफू निकटका वडा अध्यक्षमार्फत सडेको दाल वितरण गराउन थालेपछि सो दाल लिनेले फिर्ता गर्दै कारवाहीको माग उठाएका थिए ।

सो सम्बन्धनमा स्थानीयले प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, अख्तियार लगायतका निकायमा निवेदन दिएका छन् । बारा उद्योग वाणिज्य संघका अनुसार सडेको दाल वितरण हुन थालेपछि अनुसन्धान गर्दै दोषीलाई कारवाहीको माग उठेको हो ।

नेकपा बाराका सदस्य मुकेश साहले राहतको नाममा सडेको दालवितरण गरेको प्रमाणित हुदा समेत कारवाहीप्रक्रिया अगाडी नबढेको बताए । झारा टार्ने हिसाबले कारवाही प्रक्रिया अगाडी बढेको बताउँदै उनले मुख्य दोषीलाई उन्मुक्तिदिने कामभईरहेको बताए ।

यहाँराजस्व, अख्तियारले समेत राजस्व छली तथा अनियमितता एवं भ्रष्टाचारको विषयमा छानविन गर्दै यी र यस्ता भ्रष्ट तथा कालोबजारी गर्ने जनप्रतिनिधि, व्यापारी र कर्मचारीहरुलाई समयमैं नियन्त्रण तथा कारवाही गर्नुपर्ने माग साहले गरेका छन् ।

उता कलैया उपमहानगरपालिकाका मेयर यादवले एक बिज्ञप्ती जारी गर्दै आफ्नो बचाउँ गरेका छन् । सडेको दाल वितरणमा आफ्नो संलग्नता नरहेको जनाउँदै उनले आफूलाई फसाउने काम भइरहेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ