काठमाडौं, २६ चैत । लकडाउनले भारतमा अलपत्र परेका दुई नेपालीको उत्तराखण्ड प्रहरीले उद्धार गरेको छ । गुफामा बसेका नेपाली युवकलाई उत्तराखण्डको नीलकण्ठ चौकीका इन्चार्ज एसआई रणवीर रमोलाको टोलीले उद्धार गरेको हो ।
लकडाउनको समयमा अलपत्र परेका तथा भोकै रहेका मानिसलाई सहयोग गर्ने क्रममा दुई नेपाली युवा गुफामा बसेको थाहा पाएपछि एसआई रमोला नेतृत्वको टोलीले उनीहरुलाई खाना खुवाएर उद्धार गरेको हो ।
उनीहरुलाई खाद्य सामग्रीको व्यवस्थासहित लक्ष्मण झूलास्थित आश्रममा राखेको उत्तराखण्ड प्रहरीले जनाएको छ । उद्धार गरिएका उनीहरुको नाम भने खुलाइएको छैन ।
उत्तराखण्ड प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा उद्धारस्थल र उद्धारगरिएका नेपालीको तस्वीर राख्दै एसआइ रमोलाले उदाहरणीय काम गरेको उल्लेख गर्दै गुफामा रहँदै आएका नेपालीका लागि देबदूत बने एसआई रणवीर लेखेको छ । सामाजिक सञ्जालमा पनि उत्तराखण्ड प्रहरीले गरेको मानवीय कामको प्रशंशा भएको छ ।
तपाईको प्रतिक्रिया