सरकार गम्भीर नभएको भन्दै प्रदर्शन

समाचार

6/12/2020

कैलाली, ३० जेठ । कोरोना भाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । कैलालीको धनगढीमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

आरडिटी बन्द गरेर शत प्रतिशत कोरोना परीक्षण पीसीआर बिधीबाट गर्नुपर्ने, क्वारेन्टिन व्यवस्थित बनाउनुपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने लगायतको माग राख्दै पीडित नागरिकको तर्फबाट प्रदर्शन गरिएको हो ।

प्रदेश सरकार तिम्रो पाराले, दुख पायो साराले, कोरोना मौलायो हाम्रो सरकार बौलायो, सरकार की त जाग की त भाग, सासंदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने, सरकारलाई जिमखाना नागरिकलाई छैन् खाना’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरीएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ