काठमाडौं, २ चैत । पाकिस्तानको सबैभन्दा ठूलो मिडिया ग्रुप जंग तथा जीओका प्रधानसम्पादक साकिल उर रहमानलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । जंग तथा जीओ मिडिया ग्रुपका प्रधान सम्पादक रहमानलाई पाकिस्तानी प्रहरीले पक्राउ गरेको हो ।
पाकिस्तानको भ्रष्टाचार बिरुद्ध अनुसन्धान गर्ने निकाय एनएबीले रहमानलाई ३४ वर्ष अघिको एक सम्पत्ती खरीद गरेको कुरालाई गैरकानुनी ठहर गर्दै नियन्त्रणमा लिएको हो । पाकिस्तानका राजनीतिक व्यक्तित्वहरुको बारेमा अनुसन्धानमूलक पत्रकारिताको लागि जंग र जिओ मिडिया ग्रुप चर्चित रहेकोछ । रहमान सो मिडिया ग्रुपको ३४ बर्षदेखि प्रधानसम्पादक रहि आएका छन् ।
पक्राउ परेका सम्पादक रहमानले न्यूयोर्क टाइम्सलाई बताए अनुसार सरकारले मिडिया ग्रुपका सम्पादक, सम्वाददाताहरु र उत्पादकहरुलाई हटाउन दबाब दिएको अन्यथा मिडिया नियमक निकायको प्रयोग गरी टेलिभिजन च्यानल बन्द गर्न दबाब दिदै आएको थियो ।
तपाईको प्रतिक्रिया