गौरमा ५० सैय्याको क्वारेन्टाइन स्थापनाको कार्य शुरू

समाचार

3/23/2020

रौतहट, १० चैत । रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाभित्र रहेका गौर नर्सिंग इन्स्टीच्यूट गौरमा आइतबारदेखि ५० सैय्याको क्वारेन्टाइन स्थापना गर्ने कार्य शुरू गरिएको छ ।

जिल्ला सुरक्षा समिति रौतहटको बैठकबाट क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरे लगतै गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्प्ताले स्थापनाको कार्य प्रारम्भ गरेका हुन् ।

नर्सिंग क्याम्पसको ५ वटा कोठामा बेड लगाउने कार्य शुरू गरिएको मेयर गुप्ताले जानकारी गराएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको साथै गौर नगरपालिकाका नगर प्रहरी सहितको टोली कोठा सरसफाई गरी बेडको व्यवस्थापन गरेका छन् ।

सुरक्षा समितिको निर्णयबाट व्यवस्थापनको जिम्मा गौर नगरपालिकालाई दिइएको छ । कोठाको सरसफाईको काम सकिएको छ मेयर गुप्ताले भने गौर नगरपालिका सम्बेदनशील भई लागेका छन् ।

कोभिड १९ को संक्रमणबाट विश्व प्रभावित भएकोले आफु सुरक्षित हुनु पर्ने अपील गरेका छन् ।

गौर नगरपालिकाले क्वारेन्टाइनमा राखिने, शंकास्पद व्यक्तिको खाना बस्ने, औषधि उपचारको व्यवस्थापन गरिने छन् । चिकित्सक तथा प्राविधिकको व्यवस्थापन गर्ने जिम्मेवारी जिल्ला अस्पताल, जिल्ला स्वास्थ्य कार्यालयको रहे पनि निगरानी गौर नगरपालिकाले नै गर्ने गुप्ताले जनाए ।

नगर प्रमुख गुप्ताले व्यक्तिगत सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गरेका छन् । नेपालमा भाइरसको संक्रमण नदेखिए पनि सतर्कता आपनाउने, चेतना फैलाउने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ ।

घर घरमा भाइरसको त्रासदी देखिएको छ । विद्यालयहरु पूर्ण रुपमा बन्द गरिएको छ । भाइरसको प्रकोपले एक व्यक्ति अर्को व्यक्ति सित टाँसिएर बस्न समेत सचेतना अपनाउने गरेको पाइएको छ ।

बजारमा रहेको होटलहरुमा ग्राहकको उपस्तिथिमा कमी देखिएको छ । मास्कको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । हैण्डवास, सैनिटाइजरको आपूर्ति असहज भएको छ ।

पसलमा रहेको मास्कको विक्री चर्को मूल्यमा भैरहेकोले बजार अनुगमन गर्नु पर्ने सर्वसाधारणहरुको माग रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ