रौतहट, ३० असार । गौर नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सहयोग पुग्ने उद्देश्यले तयारी गरिएको ट्राफिक व्यवस्थापन सामग्री सोमबार जिल्ला ट्राफिक कार्यालय गौरलाई हस्तानान्तरण गरेका छन् ।
गौर नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमको बीचमा नगर प्रमुख अजय कुमार गुप्ताले ट्राफिक प्रहरी सहायक निरीक्षकलाई जनचेतनामूलक ट्राफिक नियम लेखिएको संकेत चिन्ह र स्टिकर जिम्मा लगाएका हुन् ।
ट्राफिक नियमको पलना गराउनमा सहयोग पुग्ने उद्देश्यले ट्राफिक व्यवस्थापन सामग्री उपलब्ध गराइएको बताउँदै मेयर गुप्ताले यसबाट सवारी दुर्घटनामा कमी आउनुको साथै ट्राफिक नियम चिन्हको बारेमा जानकारी प्राप्त हुन सक्ने दावी गरे ।
नगरपालिकाको विभिन्न ठाउँ, पार्किंग स्थल, बाजÞार, निकास र प्रवेश गर्ने नाकाहरुमा ट्राफिक नियम सम्बन्धी फ्लैस प्रिंट व्यवस्थापन समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया