गहुँ थ्रेसर गर्ने क्रममा मेशिनमा परेर मृत्यु

समाचार

4/19/2020

कैलाली, ७ बैशाख । कैलारी गाउँपालिका–२ रामपुर बस्ने ३४ वर्षीया चन्द्रा बोहराको गहुँ थ्रेसर गर्ने क्रममा अचानक थ्रेसर मेशिनभित्र पस्न गई मृत्यु भएको छ ।

शनिबार साँझ गहुँ थ्रेसर गर्ने क्रममा उनको कपाल थ्रेसर भित्र पस्न गई गम्भीर घाइते भएकी चन्द्राको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ