काठमाडौं, ११ असार । “राष्ट्रिय जनतान्त्रिक गठबन्धन” एवं राष्ट्र बचाउ अभियानका प्रमुख घटक दल एवं सक्रिय सहभागी राप्रपा (लोकतान्त्रिक) का राष्ट्रिय अध्यक्ष लाक्पा तामाङले मानवता र सेवाभावले तत्कालीन माओवादी द्वन्दमा घाईते, असक्त भएका र तिनको पार्टी एवं सरकारले खासै चासो र चिन्ता नदेखाएकाकोलाई अभियान नै चलाएर आर्थिक सहयोग लगायतका सहयोग जुटाउँदै उच्च मानवीय गुण प्रदर्शन गरेका छन् ।
जसले गर्दा उनको लोकप्रियता अकासिएको छ, उनलाई धन्यवाद दिने र उनि प्रति सहानुभूति राख्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ।
केही दिन अगाडि धनकुटा जिल्ला निवासी मृगौलापीडित लक्ष्मी बर्देवाका लागि ३,५०,०००।– आर्थिक उठाई सहयोग गरेका लाक्पा अहिले फेरि पूर्वमाओवादी लडाकु प्यारालाइसिसले ग्रस्त एवं आफ्नो दैनिक नित्यकर्म गर्न समेत अशक्त धनकुटा–ज्ञ हिले निवासी महाप्रसाद बिकलाई औषधि उपचार खर्च जोहो गर्न कम्मर कसेका छन् ।
उनी आफै गरिब परिवारको भएपनि आफै र साथीभाई, शुभचिन्तक, समर्थकहरुसँग आर्थिक सहयोग जुटाई पीडित पक्षलाई निरन्तर सहयोग गर्दै आइरहेका छन् ।
तपाईको प्रतिक्रिया