चाइनिज पेस्तोलसहित जनकपुरधामबाट दुई पक्राउ

समाचार

1/19/2020

धनुषा, ५ माघ । क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैया बस्ने ४२ वर्षीय जितेन्द्र कुमार यादव र सोही ठाउँ बस्ने ३० वर्षीय कुमोद नारायण झालाई चाइनिज पेस्तोलसहित पक्राउ गरिएको छ ।

ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसको गोली ७ राउण्ड र म्याग्जिन १ थान सहित शनिबार साँझ प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

जनकपुर उपमहानगरपालिका–१ भानुचोकमा बा.१४ च ७४५९ नम्बरको कारले ज.९ प ४८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भए पश्चात् कारलाई जाँच गर्ने क्रममा सिट मुनी लुकाई छिपाई राखिएको उक्त हतियार फेला पारी कार चालक जितेन्द्र र कारमा सवार कुमोदलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक महोत्तरी पिपरा गाउँपालिका–५ बस्ने २० वर्षीय पारस कुमार यादव र मोटरसाइकलमा सवार हंसपुर नगरपालिका–२ बकचौरा बस्ने ३० वर्षीय शिव कुमार मण्डललाई उपचारको लागि स्थानीय धनुषा अस्पतालमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ