रुपन्देही, २० साउन । रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब तीन केजी चाँदी जस्तो देखिने गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको समरीमाई गाँउपालिका ४ बस्ने १८ बर्षिय ईशाद अलि छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मझगावाबाट खटिएको एपीएफ टोलीले निज अलिलाई उक्त चाँदी जस्तो देखिने गहनासहित पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका निज अलिलाई एपीएफ टोलीले जाँच गर्दा उक्त चाँदी जस्तो देखिने गहना फेला परेपछि पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया