काठमाडौं, १५ चेत ।चौधरी फाउन्डेसनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।
प्रदेश २ का मुख्य–मुख्य स्वास्थ्य केन्द्रमा वितरण गर्ने गरी उनलाई हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सातै प्रदेशका ३३ स्वास्थ्य केन्द्रहरूमा पीपीई वितरण गरिसकिने बताएका थिए ।
उनले तत्कालको आवश्यकता पूरा गरिए पनि यो आफैंमा पूर्ण नभएको भन्दै देशभरका सबै स्वास्थ्य केन्द्रलाई सुरक्षा उपकरणबाट थप सुसज्जित तुल्याउन सबैलाई आग्रह गरेका छन् ।
अब आफूहरूको ध्यान परीक्षण किट, एन ९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित रहेको उनले बताएका छन् ।
तपाईको प्रतिक्रिया