काठमाडौं, ४ चैत । चिनियाँहरुको खाने बानीले गर्दा विश्वव्यापी रुपमा कोरोनाको संकट देखिएको रावलपिन्डी एक्सप्रेसका नामले परिचित पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले बताएका छन् ।
कोरोना भाइरसका कारण पाकिस्तान सुपर लीग (पीएसएल) तथा इन्डियन प्रीमियर लीग (आईपीएल) स्थगित हुँदा दुवै राष्ट्रलाई ठूलो आर्थिक नोक्सानी भएको उनले बताए । अख्तरले भने, ‘आतंकवाद भन्दा कोरोनाका कारण मानिसहरु अझ धेरै डराएका छन्।’
युट्यूब च्यानलको माध्यमबाट भाइरसको फैलावटमा निराशा व्यक्त गर्दै अख्तरले भने, “जब भगवानले तपाईंलाई धेरै पशुधनहरू दिनुभएको छ भने तपाईं किन त्यो खान सक्नुहुन्न ? किन चमेरा, बिरालो र कुकुर खानुपर्दछ, तिनीहरूको पिशाब र रगत पिउनुहुन्छ अनि सारा विश्वमा भाइरस फैलाउनुहुन्छ ?
शोएब अख्तरले स्पष्ट पार्दै भने, ‘म चिनियाँ जनताको बिरूद्ध छैन तर चिनियाँहरूले आफैंले नराम्रो काम मात्र गरेनन् अरुको लागि पनि खतरा सिर्जना गरेका छन् ।’
तपाईको प्रतिक्रिया