चीनको ८३ टन सुन नक्कली !

समाचार

7/1/2020

काठमाडौं, १७ असार । चीनको कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली भएको खुलासा भएको छ ।

वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको छ । बुल्गारियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्पनीले यति ठूलो घोटाला गरेको हो । यो घोटाला विगत ५ वर्षमा गरिएको हो ।

रिपोर्टअनुसार किंगोल्डले विगत ५ वर्षको अवधिमा चीनका १४ फाइनान्सियल कम्पनी (श्याडो बैंक)बाट २.८ बिलियन डलर (३ खर्ब ३७ अर्ब ९० करोड नेपाली रुपैयाँ) ऋण लिएको थियो । यो ऋण लिनको लागि कम्पनीले ८३ टन गोल्ड बार (सुनका बिस्कुट) धितोको रुपमा राखेको थियो ।

धितोको रुपमा राखिएको यो सुन नक्कली भएको पाइएको छ । ती गोल्डबार सुनका नभइ तामाका थिए र सुनको जलप लगाइएको थियो । यसलाई चीनको सबैभन्दा ठूलो सुनको घोटाला मानिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ