चीनद्वारा भारतलाई साढे ६ लाख मेडिकल किट सहयोग

समाचार

4/17/2020

काठमाडौं, ५ बैशाख । चीनले भारतलाई कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मेडिकल सामग्री सहयोग गरेको छ ।

चीनले भारतलाई ¥यापिड एन्टिबडी टेष्ट र आएनए एक्स्टेन्सन किटसहित ६ लाख ५० हजार मेडिकल किट उपलब्ध गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनका लागि भारतका राजदूत विक्रम मिसरीका अनुसार ती सामग्री चीनको ग्वाङ्झाओ एयरपोर्टबाट भारत पठाइने छ ।

चीनले पछिल्लो समय कोरोना भाइरसको महामारीसँग जुधिरहेका विभिन्न देशहरुलाई मेडिकल सामग्रीहरु सहयोग गर्दै आइरहेको छ ।

यसअघि चीनले इटाली, फ्रान्स, बेलायत लगायतका युरोपेली देशहरुमा समेत मेडिकल सामग्रीसहित विशेषज्ञ टोली पठाएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ