काठमाडौं, २ बैशाख । अहिलेको समयमा चीनबाट बाहिरिने कम्पनीहरुलाई चीन सरकारकै सहयोगमा नेपाल ल्याउने प्रयास गर्न माग गरिएको छ ।
नेपाल भारत खुल्ला सीमा सम्वाद समूहका संयोजक राजीव झाले यस्तो माग गरेका छन् ।
उनले कोरोना भाइरसको उदगम स्थान चीन रहेकोले त्यहाँ संचालनमा रहेको अन्य देश्का नागरिकहरुको ठुलाठुला उद्योग, कलकारखानाहरु चीन बाहेकको देशमा सार्न सोचिरहेकोले नेपालमा ल्याउन पहल गर्नुपर्ने मधेशवाणीलाई बताएका छन् ।
‘यसको उदाहरण जापानले चीनमा लगानी गरेको जापानी नागरिकलाइ आफ्नो देश फिर्ता आउन वा एसियाको कुनै अन्य देशमा व्यबसाय सार्न आर्थिक सहयोगको समेत घोषणा गरेको छ ।’ उनले भनेका छन् ।
हाम्रो देशको कम्युनिस्ट सरकार र सरकारको अनुयायीहरु आफ्नै देशमा रहेको एक भागका नागरिकहरुलाइ अधिकारविहीन बनाएर अनागरिकसरह व्यवहार गरिरहेको अनेकौं उदाहरणहरु रहेको आरोप लगाएका छन् ।
राजपा नेपालका महासचिवसमेत रहेका झाले कुनै पनि बहानामा भारतको बिरोध र चीनको गुनगान गरेर नथाक्नेहरुको लागि एउटा ठुलो अबसर आएको समेत संयोजक झाले बताएका छन् ।
उनले भनेका छन्, ‘चीन र भारतबीचमा रहेको हाम्रो सुन्दर देश नेपालमा उद्योग कल कारखाना संचालन गर्न जनशक्ति, समतल मैदान, नदीनाला, पहाडलगायत उपयुुक्त वातावरण छ । यहाँका कानून, कानुन पालना गर्ने प्रहरी र अख्तियार दुरुपयोग आयोग अन्य देशको तुलनामा प्रभाबशाली छ ।’
तपाईको प्रतिक्रिया