चीनबाट ल्याइएको पीपीई प्रयोग गर्न डाक्टरले मानेनन

समाचार

4/2/2020

काठमाडौं, २० चैत । सरकारले चीनबाट किनेको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) प्रदेश १ का चिकित्सकहरुले प्रयोग गर्न अस्वीकार गरेका छन् ।

प्रदेश १ मा पठाइएको एक हजार थानभन्दा बढी पीपीई कोरोना भाइरसको जोखिमबाट बच्न काम नलाग्ने स्तरको रहेको चिकित्सकहरुको ठहर छ ।

सरकारले चीनबाट किनेर पठाइको पीपीईमा गाउन मात्रै रहेको छ । पीपीईमा वाटरपु्रmफ गाउन, अनुहार छेक्ने फेस सिल्ड, एन–९५ मास्क, बुट, बुट कभर, गगल्स र दुई–तीन सेट पञ्जासमेत हुनुपर्नेमा गाउन मात्र रहेको छ ।

चिकित्सकहरुले कोरोना भाइरसको सुरक्षामा यस्तो पीपीई काम नलाग्ने बताए । उनीहरुले चीनबाट आएको पीपीई गुणस्तरीय नभएको र पूरै सेट नआएको भन्दै आपत्ति जनाएपछि प्रदेश १ सरकारले अस्पतालहरुमा यसको वितरण रोकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ