काठमाडौं, ३० बैशाख । चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोकको तातोपानी नाका क्षेत्रका बासिन्दाले विरोध गरेका छन् ।
उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्यापार संघ तथा सिन्धुपाल्चोकका बाह्रबिसे र भोटेकोशी गाउँपालिकासँग छलफल गरी अवरोध हटाउने तयारी छ ।
चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै काठमाडौं जान नदिने स्थानीय बासिन्दाको भनाइ छ । यअिघि चीनबाट ल्याइएका स्याउ र लसुनका कन्टेनर अवरोधकै बीच काठमाडौं ल्याइएको थियो ।
चीनबाट आएका सामान काठमाडौं पठाइ सकिएको भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । स्याउ बोकेका चार र लसुन बोकेका तीन कन्टेनर नाका हुँदै काठमाडौं भित्रिएका हुन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले केही व्यापारीहरूले विरोध गरे पनि नाका सुचारू नै रहेको जानकारी दिए ।
‘केन्द्र सरकारले नाका खुलाउने निर्णय गरेपछि खुलेको हो। चीनबाट मेडिकल सामग्री र खाद्यान्नलगायत सामग्री आइरहेका छन्,’ उनले भने, ‘भारतबाट निर्वाध सामग्री आइरहेको छ । चीनबाट पनि आउँछ ।’
तपाईको प्रतिक्रिया