‘चीनमा उइगर समुदायलाई धम्की दिएर काम गर्न बाध्य पारिन्छ’

समाचार

3/3/2020

काठमाडौं, २० फागुन । चीनमा हजारौं उइगर समुदायका मानिसहरु विदेशी कम्पनीमा काम गर्न बाध्य पारिएको एक अनुसन्धानले देखाएको छ ।

उइगर चीनको अल्पसंख्यक मुस्लिम समुदाय हुन् । उनीहरुलाई डर र धम्की दिएर काम गर्न लगाइने अस्ट्रेलियन स्ट्राटेजिक पोलिसि इन्स्टिच्युटले जनाएको छ ।

इन्स्टिच्युटको अनुसन्धानअनुसार चीनले दश लाखभन्दा बढी उइगरलाई नियन्त्रणमा लिएर कैदीका रुपमा क्याम्पमा राखेका छन् ।

चीनले भने अतिवादी गतिविधि नियन्त्रण गर्न त्यस्ता क्याम्पहरु खडा गरेको बताउने गरेको छ । अस्ट्रेलियाको अनुसन्धानअनुसार सन् २०१७ देखि २०१९ सम्म ८० हजार उइगर समुदायका मानिसहरुलाई सियानजियाङको क्याम्पदेखि चीनका विभिन्न कारखानामा काम गर्न बाध्य पारियो ।

उइगरलाई सियानजियाङ सहायता कार्यक्रममार्फत् काममा खटाइएको चीनले बताउने गरेको छ । यद्यपी उनीहरुलाई धम्की दिएर काममा लगाइएको अनुसन्धानको ठहर छ । उइगरहरुले विश्वचर्चित विदेशी ब्राण्ड नाइक, एप्पल र डेलमा काम गर्ने गरेका छन् ।

कार्यस्थलबाट उनीहरुलाई कतै जान नदिने गरेको पाइएको अनुसन्धानमा भनिएको छ । कार्यस्थल पनि उइगरको लागि जेलजस्तो भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ