चिनियाँ प्रभाव बढेको भन्दै न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धि त्याग्यो

समाचार

7/29/2020

काठमाडौं, १४ साउन । हङकङमा चीनको प्रभाव बढेको भन्दै न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धि त्यागेको छ । हालै मुख्य क्षेत्र चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ । यस कानुन लागू भएसँगै अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान लगायतका मुलुकले चिनियाँ कार्यको विरोध गरेको छ ।

यस कानुन लागू गरेर चीनले हङकङको स्वतन्त्रता खोसेको यी देशहरुको आरोप छ । चीनले भने हङकङको मामिलामा चीनको विरोध गरिनु आन्तरिक मामिलामाथिको हस्तक्षेप भएको बताउँदै आएको छ ।

सन् १९९७ मा चीनलाई हङकङ सुम्पने बेला बेलायतले चीनसँग हङकङलाई ५० वर्षसम्म स्वतन्त्रता प्रदान गर्न सम्झौता गरेको थियो ।

त्यसयता हङकङमा एक देश दुई प्रणाली लागू भएको थियो । तर २३ वर्ष नपुग्दै चीनले हङकङको स्वतन्त्रता खोसेको विभिन्न देशको आरोप छ ।

यसबीचमा न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धि त्याग गरेपछि मंगलबार न्युजिल्याण्डस्थित चिनियाँ दूतावासले एक विज्ञप्ती निकाल्दै भनेको छ,‘यस कार्य आन्तरिक मामिलामाथिको हस्तक्षेप हो ।’

यसअघि सुरक्षा कानुन कार्यान्वयनमा आएसँगै क्यानडा, अस्ट्रेलिया र बेलायतले हङकङसँगको सुपुर्दगी सन्धिलाई त्यागेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ