काठमाडौं, २० चैत । सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका ¥यापिड टेस्ट–किटहरूमा शंका लागेपछि गुणस्तर अनुसन्धान गर्ने निर्णय गरेको छ ।
सरकारले स्वास्थ्य अनुसन्धान परिषद्बाटबाट अनसन्धान पछि मात्र ती किटहरु वितरण गर्ने भएको छ ।
चीनबाट ल्याइएको ७५ हजार थान ¥यापिड किटका विषयमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न लागेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले किटहरु गुणस्तर परीक्षणका लागि स्वास्थ्य अनुसन्धान परिषद् पठाइएको बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ¥यापिड किटको परिणाम र संवेदनशीलता जाँच गरेपछि मात्र यो प्रयोगको लागि योग्य हुने श्रेष्ठले बताए ।
अध्ययन–अनुसन्धानबाट गुणस्तरहीन ठहर भएमा किट फिर्ता पठाउनसमेत तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डाक्टर खेम कार्कीले बताए । चीनसरकारले पठाउन लागेको किट पनि भरपर्दो नभएपछि नेपालले रोके थियो ।
तपाईको प्रतिक्रिया