चीनले कोभिड–१९ रोक्न चाहेन : अमेरिकी राष्ट्रपति

समाचार

7/22/2020

काठमाडौं, ७ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई कोभिड–१९ बारे पारदर्शी नबनेको आरोप लगाएका छन् ।

ट्रम्पले विश्वभर फैलिएको घातक भाइरस चीनले रोक्न सक्ने भए पनि रोक्न नचाहेको आरोप लगाए । साथै उनले चीनले कोभिड १९ महामारी व्यवस्थापनमा चासो नदेखाएको भन्दै आफू निराश बनेको बताए ।

ट्रम्पले यसअघि चीनले कोभिड १९ मार्फत् विश्वभर सामूहिक हत्या गरेको आरोप लगाएका थिए । चीनको वुहानस्थित ल्याबमा नै कोरोनाभाइरस विकास गरेको ट्रम्पको जिकिर रहँदैआएको छ ।

कोभिड १९ को महामारीका कारण विश्वभर ६ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ४३ हजारको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ