चीनले कोरोनाको तथ्यांक लुकाएको चिकित्सक युनको दाबी

समाचार

7/28/2020

काठमाडौं, १३ साउन । कोरोना भाइरस पहिचान गर्ने एक चिनियाँ चिकित्सकले चीनले कोरोनाको तथ्यांक लुकाएको दाबी गरेका छन् ।

उनले भनेका छन्,‘वुहानमा स्थानीय अधिकारीहरूले कोरोनाको सुरुवाती तथ्याङ्क लुकाए ।’ प्राध्यापक क्वाक–युङ युन स्वयं वुहानमा फैलिएको कोरोना जाँचमा खटिएका थिए ।

उनी भन्छन्, ‘सबुत मेटाइयो र ‘क्लिनिकल फाइन्डिङ’को सूचनालाई पनि ढिलो पारियो ।’ सुरुमा भाइरस हुनानको बजारबाट फैलिएको मानिन्छ । तर प्रो. युन आफू र परीक्षणकर्ता हुनान पुग्नुअघि नै त्यो स्थानलाई डिसइन्फेक्ट गरिसकिएको आशङ्का गर्छन् । यसबाट कोरोना भाइरस उत्पत्तिको सबै सबुत मेटिएको उनको भनाइ छ ।

उनका अनुसार भाइरसबारे महत्वपूर्ण जानकारी लिने समय जनवरीमै सकियो । त्यतिबेलासम्म चिनियाँ अधिकारीले यो भाइरस मानिसबाट मानिसमा सर्दैन भनिरहेका थिए ।

सुरुआती समयमा चीनले कुन ढङ्गमा भाइरस ह्यान्डल गरिरहेको थियो भन्ने कुरा डिसेम्बरमा यसबारे जानकारी दिने एक चिकित्सकलाई दण्डित गरेको घटनाबाटै पुष्टि हुन्छ । त्यो घटनाको सर्वत्र विरोध भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ