चीनले भूमि कब्जा गरेको विषयमा सरकारसँग जबाब माग

समाचार

6/23/2020

काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालको भूमि चीनले कब्जा गरेको भनेर समाचार आएको उल्लेख गर्दै सरकारसँग यसबारेमा जवाफ मागेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत निधिले वर्तमान सरकारलाई चिनियाँ पार्टीले तालिम पनि दिएको कुरा आएको भन्दै यस सम्बन्धमा पनि सरकारको जवाफ मागेका हुन् ।

निधिले लेखेका छन्,‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाँ भाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनियाँ पार्टीले तालिम दिएको समाचार आयो । सरकारको जबाफ चाहियो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ