चीनले मधेशमा आँखा लगाउँदै

समाचार

1/9/2020

काठमाडौं, २४ पुस । चीनले मधेशको विकासका लागि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । राजपाका शीर्ष नेताहरुसँगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मधेशको विकासमा लगानी बढाउने प्रतिबद्धता जनाएका हुन ।

राजपा नेपालको केन्द्रीय कार्यालयमा नै पुगेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मधेशको समग्र विकासका लागि चिनियाँ सरकारले लगानी बढाउने जनाए ।

चिनियाँ कम्युनिस्ट पार्टीका एसिया ब्युरोका जनरल डाइरेक्टर मा सियु सङ तथा सोही पार्टीका नेपाल–भारत विभागका निर्देशक च्याङ ज्यू क्विङले राजपा नेपालका संयोजक राजेन्द्र महतो र नेता महन्थ ठाकुरसँग भेट गरेका हुन ।

छलफलमा राजपाका शीर्ष नेतृत्वले पहाडमा मात्रै लगानी नभई सन्तुलित विकासका लागि सबै क्षेत्र र भूगोलमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए । राजपाको प्रस्तावमा चिनियाँ टोली सकारात्मक जबाब दिएका थिए ।

उक्त भेटमा वैदेशिक सहयोगसमेत सन्तुलित हुन नसकेको विषयमा राजपा नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच गम्भीर छलफल भएको थियो ।

चिनियाँहरूले पहाडमा मात्रै विकासमा जोड गर्दा सन्तुलित विकास हुन नसकेको गुनासो राजपा नेपालका अध्यक्षद्वय ठाकुर र महतोले गरेका थिए ।

पछिल्लो समय चीनले पनि मधेशको गतिविधिमा संलग्नता बढाउँदै आएको छ । मधेशमा हुने चीनविरोधी गतिविधि नियन्त्रणका लागि पनि राजपा नेपालसँग सबन्ध बढाएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ