चीनले सूचना लुकाउँदा भयो कोरोनाको महामारी

समाचार

3/27/2020

काठमाडौं, १४ चैत । चीनले सूचना लुकाउँदा कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको पाइएको छ ।

उक्त भाइरस डिसेम्बर अन्तिमदेखि मात्र देखिएको भनी चीनले भने पनि खासमा यो भाइरस नोभेम्बरदेखि नै चीनमा देखिएको दावी गरिएको छ ।

चिनियाँ कम्युनिष्ट सरकारले तथ्यांक समयमा नदिँदा विश्वले ठूलो क्षति भोग्नु परेको हो । चीनको वुहानबाट सुरु भएको उक्त भाइरससंग जोडिएको प्रसंग चीनले तीन हप्ता भन्दा ढिलो गरी सूचना दिएको हो ।

कोरोनाको संक्रमण फैलिसकेपछि पनि चीनले ढिलो गरी सूचना दिएको हो । जसका कारण यो रोग विश्वका विभिन्न देशमा फैलिइसकेको थियो । सूचना दबाउने खेलमा लागेको चिनियाँ सरकारका विरुद्धमा आवाज उठाएका डा वी लेनलियांगको यही संक्रमणका कारण मृत्यु भएको पनि चिनियाँ सरकारले बताएको छ ।

यसभित्रको रहस्यबारे अहिले पनि स्पष्ट खुलेको छैन । उनैले यो रोगबारेमा सामाजिक संजालमा दूनियाँलाई जानकारी गराएका थिए ।

त्यसअघि चीन सरकारले केही बोलेको थिएन । त्यही बोलेकै आरोपमा सुरक्षाकर्मीले उनलाई कार्वाही गर्ने चेतावनी दिएको थियो ।

डाक्टरको भनाइलाई गम्भीरपूर्वक लिनुको सट्टा प्रशासनले उनलाई नै उल्टै कार्वाही गरेपछि भाइरसकै कारण फेब्रुअरीमा उनको ज्यान गएको बताएको थियो ।

यतिसम्म कि कोरोनाको संक्रमण युरोपतिर फैलिन थाल्दासमेत पनि कुनै जानकारी दिइएको थिएन । अमेरिकाले पनि सूचना सही समयमा नदिएको आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ