चप्पल कारखानामा लागेको आगो ८ घन्टापछि नियन्त्रणमा, एक जना गम्भीर घाइते

समाचार

3/10/2020

नेपालगन्ज, २८ फागुन । बाँकेको एक चप्पल कारखानामा लागेको आगो करिब ८ घन्टापछि नियन्त्रणमा आएको छ । सोही आगलागीमा एक जना कामदार गम्भीर घाइते भएका छन् ।

मंगलबार राति बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा भएको आगलागी बुधबार बिहान ८ बजेतिर पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी सोही कारखानामा कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार चमारको शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई उपचारका लागि भेरी अस्पताल पठाइएको हो ।

आगलागीबाट उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट हुँदा करिब १० करोडभन्दा बढी मूल्यको क्षति भएको उद्योग सञ्चालकको दाबी छ ।

विद्युत शर्ट हुँदा आगलागी भएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण प्रहरीले संकलन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ