काठमाडौं, १३ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ ।
सहज निकासीमा केही समस्या देखिएपनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताए ।
‘पूर्ण निकासीमा केही समस्या देखिएको तर त्यो पनि समाधान उन्मुख छ, बाहिर अनर्गल हल्ला धेरै भयो,’ राज्यमन्त्री दुगडले भने । गत शनिबार मात्रै भारततर्फ चिया निकासी भएको अनुज्ञापत्रसमेत मन्त्रालयको नोटिसमा भएको उनको भनाइ थियो ।
‘शनिबार मात्रै चिया निकासी भएको देख्दादेख्दै कसरी प्रतिबन्ध लाग्यो भनियो ? अन्य विवादसँग जोडेर धमिलो पानीमा माछा मार्ने प्रयास भयो,’ राज्यमन्त्री दुगडले भने ।
शनिबार मात्रै एक कम्पनीले भारततर्फ नौ हजार १४७ किलो चिया निर्यात गरेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया