चोरीनिकासीको मदिरा बरामद

समाचार

12/6/2019

रौतहट, २० मंसिर । रौतहट जिल्लाको ईशनाथ नगरपालिका १ स्थित दशगजा ईलाकाबाट एपीएफ टोलीले चोरीनिकासीको करीव १० कार्टुन मदिरा बरामद गरेको छ ।

बीआर ०५ डब्लु ०४३३ नम्बरको भारतीय मोटरसाईकलमा राखी नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट औरैयाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मदिरा तथा उक्त मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । उक्त मदिरा तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करीव एक लाख ८७ हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ