मोरङ, २७ कार्तिक । बुढिगंगा गाउँपालिका–४ स्थित भगवती काब्रोहाइड्रेड फ्याक्ट्रीबाट चोरी गरेका सामान सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका बस्ने ५० वर्षीय भजन ऋषिदेब र सुनसरी दुहबी नगरपलिका–१२ बस्ने २२ वर्षीय रोशन ऋषिदेब रहेका छन् ।
उक्त फ्याक्ट्रीको कम्पाउण्ड वाल प्वाल पारी मेसनरी पुराना पार्टसहरु चोरी गरी लगेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटी गएको प्रहरीले उक्त फ्याक्ट्रिबाट चोरी गरेको वाईलरको पुराना पार्टसहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया