काठमाडौं, २० फागुन । मतदाता नामावली ऐन, २०७३ को दफा ४ बमोजिम मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल कार्यक्रम सोमबार निर्वाचन आयोगमा सम्पन्न भएको छ ।
उक्त छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन कार्यक्रमको प्रारम्भ मतदाता नामावली संकलनबाट हुन्छ भने कार्यक्रमको केन्द्रविन्दू राजनीतिक दल रहेको बताउनु हुँदै सम्वत् २०७४ पश्चात् मतदाता नामावली संकलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ वटा ईलाका प्रशासन कार्यालयबाट निरन्तर भईरहेको भएता पनि अद्यावधिक गर्ने कार्यक्रम हुन नसकेकोमा यही फागुन ७ गते देखि २०७७ साल असार मसान्तसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम सञ्चालन हुन गइरहेकोले यस कार्यक्रममा त्रुटीरहित मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य चूस्त–दुरुस्त रुपमा सम्पन्न गर्न गराउन राजनीतिक दलहरूको तर्फबाट सक्रिय र प्रभावकारी भूमिका निर्वाह हुनका साथै आ–आफ्नो मातहतका जिल्लास्तर, स्थानीय तह, वडास्तरीय समिति तथा भातृसंघ संगठनहरूलाई कार्यक्रममा सक्रिय सहभागिता, समन्वय र सहयोगको लागि निर्देशिन हुन अनुरोध गरे ।
तपाईको प्रतिक्रिया