काठमाडौं, १४ पुस । जनकपुरका युवा वैज्ञानिक आशिष रौनियार सिंगापुरमा हुन लागेको विश्व वैज्ञानिक सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दैछन् ।
कलिलै उमेरमा ‘स्मार्ट वाच’को आविष्कार गरेका आशिष आगामी जनवरी १४ देखि १७ तारिखसम्म हुने विश्व वैज्ञानिक सम्मेलनमा नेपालबाट भाग लिदैछन् ।
विश्वभरका नोबेल पुरस्कार विजेतासँगै करिब दुई सय युवा वैज्ञानिक सहभागी हुने सम्मेलनमा उनी कम्प्युटर विज्ञानको नवीनतम् प्रयोगबारे प्रस्तुति दिने छन् ।
सन् २०१३ मा सुरु भएको सम्मेलनमा वैज्ञानिकले आविष्कार गरेका प्रविधिबीच प्रतिस्पर्धा गराइन्छ ।
तपाईको प्रतिक्रिया