जनकपुरको प्रादेशिक अस्पताल जलमग्न

समाचार

6/28/2020

जनकपुरधाम, १४ असार । धनुषा, सिरहा, महोत्तरीसहितका प्रदेश २ का जिल्लाहरुमा भारी वर्षा भएको छ । आइतबार बिहानदेखि सुरु भएको वर्षा जारी रहेकाले यहाँको जनजीवन प्रभावित बनेको छ ।

अस्थायी राजधानी समेत रहेको जनकपुरस्थित प्रादेशिक अस्पताल वर्षाको पानीले जलमग्न बनेको छ ।

अस्पताल परिसरमा २ फिट पानी जमेपछि आवतजावत गर्न समस्या भइरहेको छ । जनकपुरका अन्य सडकमासमेत पानी जमेको छ ।

पानीको निकास हुन नसक्दा वर्षेनी जनकपुर बजार डुबानमा पर्छ । धनुषा र सिरहाका कतिपय ग्रामीण भेगका बाटो हिलोले अवरुद्ध बनेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ