जनकपुरधामका मेयरद्वारा उमा सिंहको नाममा अक्षयकोष स्थापना

समाचार

1/12/2020

जनकपुरधाम, २८ पुस । जनकपुरधामकी स्व. पत्रकार उमा सिंहको नाममा रु.पाँच लाख राशीको अक्षयकोष स्थापना गरिएको छ ।

आइतबार स्व.पत्रकार उमा सिंहको ११औं पुण्यतितिको अवसरमा जनकपुरधामका मेयर लालकिशोर साहले ‘कर्मवीर योद्धा’को उपाधि दिँदै अक्षयकोष स्थापना गरिएको घोषणा गरेका छन् ।

आगामी वर्षदेखि अर्थात् १२औं पुण्यतिथिबाट हरेक वर्ष कर्मवीर योद्धा उमा सिंहको नाममा पत्रकारिता क्षेत्रमा न्याय र समानताका लागि स्वतन्त्र, निष्पक्ष र निर्भिकताका साथ कार्य गर्ने पत्रकारलाई सम्मान गरिने मेयर साहले जनाएका छन् ।

स्वतन्त्र, निष्पक्ष र निर्भिकताका साथ पत्रकारिता क्षेत्रमा काम गर्ने पत्रकारलाई कर्मवीर योद्धा उमा सिंह पत्रकारिता पुरस्कारबाट सम्मान गरिने मेयरले बताएका हुन् ।

यो एउटा परम्पराको सुरुवातसमेत भएको र यो एउटा ऐतिहासिक दिन भएको मेयरले उद्घोष गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ